बाँके साउन १७ गते ।
बाँके प्रहरीले लेनदेन मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–६ का ३४ वर्षका पुस्कर कुमार सोनी रहेका छ्न ।
सोनीलाई गएको जेठ १३ गते लेनदेन मुद्दामा दोषी ठहर गर्दै ३ महिना कैद फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालयको टोलिबाट पक्राउ परेका उनलाई थप कारबाहीका लागि जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।
Discussion about this post