जनकपुरधाम साउन २६ गते ।
सर्लाहीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया अर्चना यादव रहेकी छिन्।
यादवको बुधवार साँझ सर्लाहीको मलंगवा नगरपालिका–५ भाँडसरस्थित राम जानकी मन्दिरको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
भारतको सीतामढी जिल्ला ग्राम पंचायत जयनगर अररियामा घर भएकी यादव माइती घर मलंगवा–५ मा बस्दै आएकी थिइन्।
लाशको जाँच प्रकृति मुचुल्का गरी प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता विजय यादवले जानकारी दिनुभयो ।
Discussion about this post