बाँके साउन ३० गते ।
आज यस वर्षको साउन महिनाको अन्तिम सोमबार । सोमबारको व्रत समाप्त गर्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा चहल पहल छ ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।
यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । नेपालगन्जको बागेश्वरी मन्दिरमा पुजापाठ गर्नेको भिड लागेको छ । नेपालगन्जमा विभिन्न ठाउँबाट मानिसहरु पुजापाठका लागि आउने गरेका छ्न ।
Discussion about this post