बाँके साउन ३० गते ।
बाँके प्रहरीले लेनदेन मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ का ४० वर्षीय राम पल्टन कादु गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
गुप्तालाई लेनदेन मुद्दामा जिल्ला अदालतले गएको बैशाख ९ गते दोषी ठहर गर्दै ६ महिना कैद सजाए तोकेको थियो । अदालतको आदेशपछि गुप्ता फरार थिए ।
पक्राउ परेका उनलाई सोमवार जिल्ला अदालतमा बुझाइएको छ ।
Discussion about this post