बाँके साउन ३० गते ।
नेपालगन्जको वसपार्कमा वेवारिसे अवस्थामा एक जना शिशुको शव फेला परेको छ । अन्दाजी चार÷पाँच महिनाको जस्तो देखिने उक्त शव स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो । शवको पहिचान हुन नसकेको बाँकेका निमित्त प्रहरी प्रवक्ता डम्वर पालले बताउनुभयो । उहाँले शव सडेको अवस्थामा रहेको बताउनुभयो ।
शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तस्वीर, मेराज सलमानी
Discussion about this post