बाँके भदौ ४ गते ।
बाँकेमा केन्द्रविन्दु भएर शनिवार राति १ः २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँकेमा केन्द्रविन्दु भएर गएको उक्त भुकम्पको धक्का पश्चिम नेपालका अधिकांश ठाउँमा गरिएको छ ।
भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।
कृष्णाअष्टमीको रात भएकाले अधिकांश जाग्राम बसेका थिए । भुकम्पको धक्कापछि उनीहरु घरबाहिर निस्किएका थिए ।
बाँकेमै केन्द्र विन्दु भएर भुकम्प गएकाले नेपालगन्जका धक्काको बढी महसुस भएको थियो ।
Discussion about this post