दाङ भदौ ४ गते ।
दाङको राजपुर गाउँपालिका वडा नं ७ मा झाडापखालाबाट एक जनाको मृत्युु भएको छ भने १७ जना विरामी भएका छन् ।
राजपुर गाउँपालिका वडानम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीय सम्झना परियारको झाडापखालाबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भैसाहीँनाकाले जनाएको छ ।
उहाँको मृत्यु भएलगत्तै स्थानीयले वडाध्यक्षलाई खबर गरेपछि स्वास्थ्यकर्मीको टोली घटनास्थलमै पुगेर उपचार सुरु गरिसकेको राजपुर स्वास्थ्य चौकीका प्रमुख खिमबहादुर रावलले जानकारी दिनुभयो ।
झाडापखालाबाट गम्भीर विरामी परेकाको उपचार जारी रहेको र हाल सामान्य अवस्था रहेको रावलको भनाइ छ । सरसफाइको कमी र फोहोर पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने उहाँले बताउनुभयो ।
Discussion about this post