काठमाडौं भदौ ५ गते ।
ललितपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ लेले बस्ने ३४ वर्षीय इन्द्र नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इन्द्रले ती महिलालाई गत बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
त्यस्तै झापामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जिल्ला घर भई कन्काई नगरपालिका(४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post