बाँके भदौ ६ गते ।
बाँके प्रहरीले चोरी मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१४ का ३२ वर्षीय मोहम्मद अली शाहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शाहलाई जिल्ला अदालत बाँकेले चोरी मुद्दामा ३१ हजार १ सय रुपैयाँ जरिवाना फैसला गरेको थियो ।
अदालतले उक्त फैसला ७५ साल फागुन १७ गते गरेको थियो । पक्राउ परेका शाहलाई कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको छ ।
Discussion about this post