कञ्चनपुर भदौ १४ गते ।
कञ्चनपुरमा बितेको केही वर्षदेखि लागुऔषध दुर्व्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ।
पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागुऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसँगै यहाँ दैनिकजसो खैरोहिरोइन, चरेश, नाइट्राभेट लगायतका लागुऔषधसहित युवाहरू पक्राउ पर्ने गरेका छन्।
चालु आर्थिक वर्षको झण्डै डेढ महिनामा तीन भारतीयसहित लागुपदार्थ मुद्दामा ३१ जनालाई पक्राउ गरिसकेको छ।‘हरेक दिनजसो लागुऔषध कारोबार यससम्बन्धी कसुरमा पक्राउ नपरेको दिनै छैन’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले भन्नुभयो,’ युवापुस्ता लागुऔषधको दुर्व्यसन लिप्त रहेको घटनाक्रमले देखाउँदै गएको छ।’
Discussion about this post