
बाँके असोज १८ गते । भनिन्छ दशै हुनेखानेहरुको लागी दशै र नहुनेको लागी दसा हो भने जस्तै राप्तीसोनारी ८ बालापुरमा रहेका एक बिपन्न परिवार लाइ दशै दशा जस्तै बनिरहेको थियो । कमाउनका लागी छोरा बुहारी बाहिर गएको अवस्थामा बुढि आमा लाइ दुइवटा नाति नतिना लाइ कसरी दसै मनाउने भन्ने चिन्ताले सताइ रहेको थियो । आज आफुले भर्ना गरिदिएका मायाका ३ आमाछोराको पढाइको अवस्था बुझ्न गएका बाँके क्षेत्र नँ १ का सँघीय साँसद महेश्वर गहतराज अथक ले दशै मान्न सक्ने अवस्था नदेखेपछी उनले मायाको परिवार लाइ रु ४ हजार रुपैया दशै खर्च दिएकाछन । साँसद अथकले आज राप्तिसोनारी ८ बालापुरका अति बिपन्न माया बि क का परिवार लाइ दशै मनाउन रु ४ हजार दिएकाहुन । उनले आर्थिक अभावका कारण बिद्यालय भर्ना हुन नसक्ने अवस्था थाहा पाए पछी केहि महिना अघी तिन आमा छोराको भर्ना सहित स्टेशनरीका लागी ५ हजार दिएका थीए र सम्पुर्ण पढाइ खर्च आफुले ब्यहोर्ने जिम्मा पनि लिएका थिए । पढाइमा तिब्र ईच्छा राखेकी माया बि क बालापुरकै जनशक्ति आधारभुत बिद्यालयमा कक्षा ७ मा अध्यनरत छन भने उनका दुइ सन्तान सुवास बि क कक्षा ४ र छोरी सृष्टि कक्षा २ मा अध्यनरतछन । आज साँसद अथकले दशै खर्च दिदा बच्चाहरु खुसी भएकाछन ।
Discussion about this post