बाँके असोज ३ गते ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका निर्देशक तथा वरिष्ठ चिकित्सक डा. एम किदवाईलाई लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री प्रज्जवलदिप द्धितिय पदकबाट विभूषित गर्ने निर्णय गरेको छ ।
प्रदेशको सम्बृद्धि तथा प्रतिष्ठा अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदकबाट विभूषित गर्ने गरिएको छ ।त्यसैअनुसार किदवाईलाई विभूषण गर्ने निर्णय प्रदेश सरकारले गरेको हो ।
पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा डा किदवाईको योगदान महत्त्वपूर्ण रहेको छ ।संबिधान दिवसको दिन घोषणा गरेको उक्त पदक लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा फागुन ३ गते वितरण गर्ने छ ।
Discussion about this post