बाँके असोज ४ गते ।
जसपाको प्रदेश कमिटीले बाँके क्षेत्र नम्वर २ वाट समसुल हक रार्ईको उम्मेदवारी सिफारिस गरेको छ ।
संघीय सांसदका लागि राईको सिफारिस गरिएको पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो । राईले प्रदेश कमिटीमा निवेदन दिएकाले आफुहरुले केन्द्रीय समितिमा सिफारिस पठाएको पनि उहाँले जानकारी दिनुभयो ।
योसँगै बाँके क्षेत्र नम्वर दुईमा प्रतिनिधिसभा निर्वाचनमा जसपाबाट मोहम्मद इस्तियाक राई र सम्शुल हक राइको नाम सिफारिस भएको छ ।
सम्शुल विगत २०६३ सालदेखि जसपामा आवद्ध हुनुहुन्छ । पार्टीको स्थापनाकाल देखि नै सम्शुलले पार्टीको संगठन विस्तार, सुदृढिकरणलगायतका सवालमा काम गर्दै आउनुभएको छ।
Discussion about this post