काठमाडौं असोज १० गते ।
गएराति प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी परेको छ ।
सुनसरीको चतरा र आसपास भइ बहने स–सना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र डुबान भइरहने होचा ठाउँमा जोखिम रहेका आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अब आजदेखि तीन दिनसम्म भने खासै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।तर, देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज, भोलि र पर्सिको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ।
Discussion about this post