बाँके असोज १९ गते । समाजबादी पार्टी बाँके ले नेपालीहरुको महान पर्व बिजयादशमी,शुभ दिपावली, छट पर्व २०७६ एवम् नयाँ वर्ष हिजीरी १४४१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आफ्ना सम्पुर्ण पार्टी कार्यकर्तालाई शुभकामना आदानप्रदान गर्दै नेपाल सरकार का शहरी विकास मन्त्री तथा समाजवादी पार्टीका केन्द्रिय सचिव मोहम्मद ईस्तियाक राई ले आफ्नो पार्टी कार्यकर्ता लाई जनता को भाबनामा नैरास्यता आउन नदिन समेत अनुरोध गरे बाँके लगायत देश भर बिकाशको योजना हरु सुरु भएको यो बेलामा स्थानिय सरकार संग समुन्वय गरेर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन ।
शुभकामना कार्यक्रम मा समाजबादी पार्टी बाँके का नेता तथा कार्यकर्ता हरु को उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रम समाजबादी पार्टी बाँकेका अध्यक्ष कमरुद्धिन राई को अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post