खोजखबर संवाददाता
बाँके असार १३ गते । बाँकेको डुडुवा गाउँपालिका – ४ का वडाध्यक्ष सगिर खान माथी सांघातिक आक्रमण गरि घाईते बनाउने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डुडुवा गाउँपालिकाका भोला यादव र दिनेश यादव रहेको प्रहरीले जनाएको छ ।
बिहिबार राती जेसीबी लगाएर राप्ती नदीमा अबैध रुपमा बालुवा उत्खनन गरी रहेको सूचना पाए पछि उक्त कार्य रोक्न पुगेका डुडुवा गाउपालिका वडा नं. ४ का अध्यक्ष सगिर खान माथि कम्दीका स्थानीयहरुले आक्रमण गर्दा उनी गम्भीर घाईते भएका थिए । उनको अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर वलीले बताउनुभयो ।
Discussion about this post