बाँके कात्तिक १८ गते ।
राप्रपाका महामन्त्री तथा बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा धवल शम्शेर राणाले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
आफुलाई सदाचारी र सुशासनको हिमायति ठान्ने राणाले चुनावी प्रचारमा भने आचारसंहिताको ठाडो उल्लंघन गरेका हुन् । उनले निर्वाचन आचारसंहिता विपरीत ठाउँठाउँमा प्रचार सामाग्री प्रदर्शन गर्न थालेका छन् ।
सार्वजनिक थलोहरुमा झण्डा, तुलहरु राख्न वा टाँस्न नपाइने निर्वाचन आयोगको आचारसंहितमा उल्लेख छ । तर राणाले भने नेपालगन्ज उपमहानगरपालिका २० राँझामा आफ्नो पार्टीको चुनाव चिन्ह सहितको तुलहरु ठाउँठाउँमा झुन्ड्याएका छन्।
खुलियामरुपमा निर्वाचन आचारसंहिता उल्लंघन हुँदा समेत नियामक निकाय भने मौन देखिएको छ । पराजयको अवस्था सिर्जना हुन थालेपछि राणाले आफ्नो प्रचारशैलीलाई भड्किलो बनाउँदै लगेका छन् ।
जसमा उनले निर्वाचन आचारसंहिताको समेत ख्याल गर्न छाडेका छन् ।
Discussion about this post