
हेटौँडा असोज १९ गते । नेपाल विद्युत प्राधिकरणको लापर्वाहीका कारण करेन्ट लागेर हेटाैँडामा आमा-छोराको ज्यान गएको छ ।
विद्युत प्रवाह भइरहेको तार छिनेर बारीमा झर्दा पनि त्यसलाई व्यवस्थापन नगरेकाले आमा छोराको ज्यान गएको छ भने बुहारी घाइते भएकी छिन् । ज्यान गुमाउनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेवीकी ५५ वर्षीया लेखमाया पराजुली र उनका २८ वर्षीय छोरा मदन पराजुली रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका जिल्ला प्रहरी कार्यालय ले जानकारी दियको छ ।
करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारको क्रममा हेटौँडा चुरेहिल हस्पिटलमा उपचार गराउंदै गर्दा ज्यान गएको हो । आमालाई करेन्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाई समेत करेन्ट लागेको थियो ।
घाइते बुहारी रेनुकाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।









Discussion about this post