बाँके कात्तिक २२ गते ।
मेष राशिमा ग्रहण लागेमा शस्त्रधारी सैनिक, पुलिस, सेना, अर्धसैनिक बल, शस्त्र विनियमन विभागमा हल्लीखल्ली, अग्निबाट रोजगारी चलाउने मान्छेहरु जस्तै सुन आदि धातुलाई आगोले पगाल्ने खालका, ग्याँस संयन्त्र, होटल, अग्निको स्थान जस्तै थर्मल पावर, विद्युत प्राधिकरण आदिमा कष्टको उदय र बिजुलीको कमी हुन सक्ने मानिन्छ।
ग्रहण लाग्ने नक्षत्रको कारक क्षेत्र र दिशामा पनि कष्ट हुने मानिन्छ। जस्तै भरणी नक्षत्रको कारक क्षेत्र – हत्या, बलात्कार, डकैती, रगत, मासु, हिंसा, ह्रिंसक व्यक्ति, सबै प्रकारका अपराध, स्वार्थीपना, दलित वर्ग, खाद्य सामग्रीहरूको कारक मानिन्छ।
पृथ्वी कूर्ममा भरणी नक्षत्र उत्तर पूर्वको पूर्वीय दिशामापर्ने नक्षत्र भएकाले पूरै विश्वको र ग्रहण देखिने देश एवं प्रदेशहरूको पूर्व इशान दिशातर्फ अलि सजगता अपनाउनुपर्ने बुझिन्छ ।
Discussion about this post