उपमेयर सन्जु कुमारी थारु ले समुदाय मा गयरै दिईन शुभकामना ।
बाँके असोज २० गते । बिजया दशमी बिशेष उपलक्ष्यमा थारु समुदाय ले भब्य रुपमा मनाउने गरेका छन । बिजया दशमी को जमरा राख्ने दिन देखी दशमी को टिका सम्म आफ्नै तरीकाले मनाउने गरेका छन ।बिजयादशमी को छैटो दिन थारु समुदाय ले झोलझरना गरेर आफ्नो घरको जालो हरु हटाउने घर आगन सफा राखेर मनाउने गर्छन भने सप्तमी को दिन घर आगन गोबर ले लिप पोत गर्ने गर्दछन् ,अष्टमी को दिन भने चामल बाट बनेको बिशेश प्ररीकार ढिक्ररहवा बनायर बिशेश पुजा आजा गर्ने गर्दछन् भने नवमी को दिन बिशेष रुप मा थारु समुदाय ले मनाउने गर्छन् ।उनिहरु ले नवमी को दिन पृतिहरु लाई सम्झना गर्दै पृतिहरु प्रति विशेष पुजा आजा गर्दै पिटटरवा धुमधामका साथ पृति को बिदाई गर्ने गर्दछन् ।
थारु समुदाय ले दशैं पर्वलाई महत्वपूर्ण तरीकाले मनाउने गर्दछन् आज नवमी को दिन बाँके का थारु हरु ले खोलाको किनारमा गयर पृति हरु लाइ सम्झिदै बिशेश प्रतिकार हरु बनाइ धुमधाम ले मनायका छन् ।
कोहलपुर नगरपालिका की उप मेयर सन्जु कुमारी थारु ले पनि आफ्नो समुदायमा गयर बिशेष पुजा अर्चना सहित पिटटरवा भब्य रुपमा मनाएकी छिन गाउँ का सबै जनाहरुले बिशेश रुपमा मनाउने यो पर्व मा उप मेएर सन्जु कुमारी थारु ले आफ्नो समुदाय को बिचमा गयर नाच गान को साथ सबै लाइ साथ दिएकी थिइन् उनिले हामी संग कुरा गर्दै भनिन “बिषेश गरी थारु समुदाय ले फरक ढंगका साथ मनाईने यो पर्ब मा बिशेष परिकार हरु बनायर सबैलाई स्वागत तथा सत्कार गर्ने यो पर्व ले हामी थारु समुदाय लाइ एकुरुप बनाय को छ ” यस्तो पर्ब हरुमा संग संगै भयर मनाउदा एउटा छुट्टै खाल्को अनुभुति हुने जनाईन ।कला संस्कृति को जगेर्ना गर्न र हरेक पर्वलाई महत्वपूर्ण तरीकाले मनाउने थारु समुदाय को बिशेषता रहेको बताईन । पिटटरवा को बिषेश दिन मा कोहलपुर को ५ नम्बर को थारु समुदाय रझेना मा यो पर्व विशेष नाचगान तथा खानेकुरा को परिकार बनायर नवमी को बिदाई गरीयको छ । दशमी को दिन जमरा सहित टीका लगाएर दशैं लाई बिदाई गरीन्छ ।
Discussion about this post