बाँके कात्तिक ३० गते ।
नेपालगन्जको जमुनाह नाकाबाट एकजना प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन ।
भारतको बहराईच बाबागन्ज कुट्टी बस्ने २४ वर्षीय मोहम्मद अलिलाई जमुनाह नाकाबाट पक्राउ गरिएको प्रहरी वरिष्ठ नायव निरीक्षक माधव रिजालले जानकारी दिनुभयो । रुपैडिया भएर नेपालगन्ज प्रवेश गर्दै गरेका अलिलाई शंकास्पद लागेपछि जमुनाह प्रहरीले खानतलासी गरेको थियो ।
त्यसक्रममा अलिले अण्डवेयरमा लुकाएको अवस्थामा ५० ग्राम ब्राउन सुगर फेला परेको रिजालले बताउनुभयो । अलिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।
Discussion about this post