बाँके मंसिर ४ गते ।
बाँकेमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । कति मत खस्यो भन्नेबारे विवरण संकलन गर्ने काम भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तर स्थानीय तहको भन्दा कम मत खसेको आंकलन गरिएको छ । अहिले मतपेटिकाहरु रुजु गर्ने र संकलनको काम भैरहेको छ । बाँके क्षेत्र नम्बर १ मा अगैया, २ मा भेरी प्राबिधिक शिक्षालय र ३ को मतपेटिका खजुरामा लगिने छ ।
३ संघ तथा ६ प्रदेश क्षेत्र रहेको बाँकेमा ३ लाख ३२ हजार २ सय ३१ मतदाता रहेका छन । मतदान केन्द्र भनेन१३९ तय भएका थिए । निर्वाचन सुरक्षाका लागि बाँकेमा २ हजार ५ सय ४१ सुरक्षाकर्मी खटेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
यस्तै १ हजार ५ सय ५९ म्यादी खटाइएको छ ।
Discussion about this post