
बाँके, असोज २२ गते । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले एक कार्यक्रममा नेपालगन्ज मुलुककै प्रमुख शहर भएपनि विगतमा राज्यपक्षबाट उपेक्षामा परेको भन्दै मन्त्री ले विगतको उपेक्षाको भरपाई गर्ने प्रयास गरिरहेको बताए ।
नेपालगञ्जस्थित धम्बोझी क्लवमा पुग्नुभएका मन्त्री राईले आर्थिक विकास र समृद्धिका लागि राजनीतिक स्वार्थबाट माथी उठ्नुपर्नेमा जोड दिए । धम्बोझीमा सडक निर्माण, खेल मैदान लगायतका योजना तत्काल कार्यान्वयन हुने चरणमा रहेको बताउदै नेपालगञ्ज विमानस्थल स्तरउन्नती गर्ने काम भईरहेको समेत बताए । प्रतिनिधीसभाका सचिव गोपालनाथ योगी समेत सहभागी रहेको उक्त कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले बाँकेले विकासप्रेमी मन्त्री पाएको भन्दै विकासमा हातेमालो जरुरी रहेको बताए । धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्काले क्लवले खेलकुदसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए भने युवाहरु लाई समेट्न खाल्को योजना हरु पनि अगाडि ल्याउन जोड दिए ।
मन्त्री राईले बाँकेको खजुरा गाउँपालिका ४ ईगाउँ, एफ गाउँ हुँदै हवलदारपुर जोड्ने सडक स्तरउन्नतीका लागि तत्कालै काम सुरु हुने बताउएका छन । उक्त सडकको डिपिआर भई निर्माण कार्य अब चाँडै सुरु हुने समेत बतायका छन् ।
Discussion about this post