काठमाडौं मंसिर २९ गते ।
साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ ।आज बिहान कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।
फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक÷एक गोल गरे ।फ्रान्सका हर्नान्डेजले खेलको ५औँ मिनेटमा र मुआनीले ७९औँ मिनेटमा गोल गरे ।
अब फ्रान्सले उपाधिका लागि आइतवार हुने फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३–० गोलले हराउँदै फाइनलमा पुगिसकेको छ ।फ्रान्सले यसअघि सन् २०१८ मा रुसमा भएको विश्व कपको उपाधि जितेको थियो ।
साथै फ्रान्स सन् १९९८ को विश्व कप विजेता टोली पनि हो ।
Discussion about this post