बाँके मंसिर २९ गते ।
नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो लागेको छ । हिजो पनि यस्तै हुस्सु लागेको थियो । जसका कारण नेपालगन्जको हवाई सेवा प्रभावित भएको छ ।
दिउँसोको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम आज आंशिक बदली हुने सम्भावना छ । तर, बादल लागे पनि तत्काललाई पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार पानी पार्ने गरी पश्चिमी क्षेत्रबाट नेपालमा कुनै पनि प्रणाली आएको छैन ।स्थानीय वायुकै असरले मौसम आंशिक बदली भए पनि दुई चार दिनसम्म पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
तराईका जिल्लामा बिहानदेखि नै हुस्सु कुहिरो छ । तर हुस्सु कुहिरो दिउँसो हट्ने मौसमविद्ले बताएका छन् ।
Discussion about this post