बाँके पुस ११ गते ।
नेपालगन्जस्थित फुलटेक्रा ट्राफिक पोष्टले दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन माथि कडाई गर्न थालेको छ ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि मेटिएका नम्वर प्लेट सवारीसाधनमाथि निगरानी बढाएको हो । ट्राफिक प्रहरी पोष्टका इन्चार्ज दिल बहादुर शाहीले दिएको जानकारी अनुसार त्यस्ता सवारी साधनका नम्वर प्लेट लेख्न लगाउने गरिएको छ ।
ट्राफिक प्रहरीले ट्याक्टर, मोटरसाइकल, अटोलगायतका पाँच दर्जन बढी सवारी साधनको नम्वर लेखिएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु भइरहेको पनि जनाएको छ ।
ट्राफिक प्रहरीले ट्याक्टरहरुमा स्टीकर समेत टास्ने गरेको जनाएको छ ।
Discussion about this post