
बाँके असोज २३ गते । कोहलपुर प्रहरीले तीन जना जुवाडे पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा कोहलपुर प्रहरीले जुवा खेलिरहेको खालमा छापा हान्दा तीन जना जुवाडे सहित नगद ९८ हजार २ सय बरामद गर्न सफल भएको हो । अन्य चार जना भाग्न सफ भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक हेम वहादुर शाहीले बताए ।
प्रहरी कार्यालयबाट करिव २ सय मिटरको दुरीमा रहेको एक कोचिङ सेन्टरको माथिल्लो तलामा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा हान्दा कोहलपुर क्षेत्रकै प्रतिष्ठित मोवाइ जुवाडे उमेश शाही,केशव शाही र नर वहादुर खटिक नगद ९२ हजार २ सय सहित पक्राउ परेका हुन । अन्य चार जना छत .बाट हाम फालेर भागेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भैरहेको छ ।
पक्राउ परेका तीनै जनालाई जुवा ऐन अन्र्तगत मुद्धा चलाउने तयारीमा जुटेको प्रहरी नायव उपरिक्षक शाहीले बताए ।
पेशेवर जुवाडेहरुले चाड पर्वसँगै मोवाइ घुम्ती जुवा खेलिरहेका छन । प्रत्येक दिन फरक फरक स्थानमा लाखौंको जुवा भैरहेको छ । प्रहरीलाई झुक्याउन उनिहरुले मोवाइ घुम्ती जुवा खेल्ने गरेको जानकारहरुले बताएका छन ।
जुवा खेलाउनेहरुले जुवाडेहरुलाई एक ठाँउमा जम्मा गर्ने र जुवा खेल्ने स्थानमा गोप्य रुपमा लैजाने गरेको तथ्य समेत बाहिरेको छ । मोवाइ घुम्ती जुवामा केहि भारतीय नागरिकहरु र प्रतिष्ठित व्यक्तिहरु जाने गरेका छन ।
भारतीय जुवाडेहरुलाई प्रभावमा पार्न जुवा खेलाउनेहरुले प्याकेजमा सहमति समेत गर्ने गरेका छन् । उनिहरुलाई रक्सी र केटिहरु समेत मिलाइ दिने गरेको मोवाइ घुम्ती जुवामा सहभागिहरुले बताउने गरेका छन् । भारतीय नम्वर प्लेटको गाडीमा समूहमा आउनेहरुले भारतीय जुवाडेहरुले कोहलपुरको हवलदारपुर,वसपार्क,चप्परगौडी र दशविगाहमा गाडी पार्किङ गर्ने गरेको जानकारहरुले बताएका छन् ।









Discussion about this post