बाँके पुस १४ गते ।
बाँके प्रहरीको कमाण्ड सम्हालेका एसपी सन्तोषसिंह राठौरले जिल्लाको शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो दायित्व भएको बताएका छ्न ।
आज बाँकेका पत्रकारहरुसंग परिचयात्मक कार्यक्रममा उनले बाँकेको समग्र सुरक्षा व्यवस्था, अपराध नियन्त्रण लगायतको सवालमा आफू निर्मम भएर लाग्ने बताए । नेपालगन्ज र कोहलपुर क्षेत्र यौन क्रियाकलाप, गुण्डागर्दी, जुवातास, लुटपाट, चोरी डकैतीको केन्द्र मानिएको छ ।
नेपालगन्ज र कोहलपुरमा हरेक होटलमा जसो खुल्ला यौन धन्दा चल्ने गरेका छन । यस्को रोकथाममा आफुले पहलकदमी लिने बताए । बाँके सिमासँग जोडिएकोले पनि यहाँ अपराधिक घटना धेरै हुने भएकोले नागरिकको सुरक्षा प्रत्याभूत हुने गरि काम गर्ने उनको भनाइ छ।
तस्करी नियन्त्रण, लागुऔषध रोकथाम, फरार अपराधी पक्राउ, क्रसर लगायतका क्षेत्र प्रहरीले निगरानी बढाउने उनले बताए ।
Discussion about this post