बाँके पुस २१ गते ।
नेपालगञ्ज दादुराका कारण एक बालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका – ५ का दुई वर्ष सात महिनाको बालकको दादुराको कारण मृत्यु भएको छ ।
एक हप्तादेखि बिरामी रहेका बालकको बुधबार मृत्यु भएको हो।नेपालगञ्जमा केही दिनदेखि दादुरा महामारीको रुपमा देखा परेको छ । बुधबार मात्रै पाँच वर्ष मुनिका आठ जनामा दादुरा देखिएको छ । नेपालगञ्जका आधा दर्जन वडामा दादुराको बिरामी देखा परेका छन् । ५, ७, ८, १०, १५, २२ नम्बरमा दादुराका बिरामी देखा परेका छन् ।
यी वडाहरुमा कम्तीमा २५ जनालाई दादुरा पुष्टि भइसकेको छ । लक्षण चिन्ह देखिएका धेरै छन्। उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्दले विशेषज्ञहरुको टीम टोलटोलमा पुगेर जनचेतना फैलाउने, बिरामीलाई अस्पताल लैजाने आग्रह गर्ने, दादुरा तुरुन्तै सर्ने भएकाले छुट्टै ठाउँमा राख्न आग्रह गर्ने, अभिलेख लिने र छिट्टै खोपको अभियान चलाउने तयारी गरेको बताए। स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले दादुरा देखिएका वडाका १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन तयारी गरिरहेको बताए।
Discussion about this post