बाँके पुस २८ गते ।
बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ बस्तीबाट ठुलो परिमाणमा अवैध काठसहित ६ जना पक्राउ परेका छन् ।
अवैध काठ लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा सँगै गएको नरैनापुर सव–डिभिजन वन कार्यालयका रेन्जर जगबिर खत्रीको टोली आज दिउँसो साढे २ बजे गाउँपालिकाको वडा नम्बर ६ स्थित नयाँ बस्तीमा लुकाई राखिएको अवस्थामा १७.१५ क्युफिटका ३३ थान सालको कडीसहित ६ जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ।अवैध काठसहित पक्राउ परेका सबै भारतीय नागरिकलाई आबश्यक कारबाहीका लागि आजै डिभिजन बन कार्यालय बाँकेलाई बुझाइएको प्रहरीले जनाएको छ।
Discussion about this post