बाँके माघ ७ गते ।
नेपालगन्ज उपमहानगरपालिका–२३ डम्पिङ साइड नजिकैबाट प्रहरीले अबैध काठ बरामद गरेको छ ।
प्रहरी चौकी तेलियनपुरबाट प्रहरी सहायक निरीक्षक धर्मबहदुर चन्दको कमान्डमा खटिएको प्रहरीको टोलीले २४ क्युफिट बढि काठ बरामद गरेको हो । बेवारिसे अवस्थामा भेटिएको काठ नेपालगन्ज सब डिभिजन वन कार्यालयलाई बुझाइएको छ। हिरिमिनिया प्रहरी र वन उपभोक्ता समुहलाई छलाएर उक्त काठ तस्करहरुले भित्र्याउन सफल भएका थिए ।
प्रहरीको सुइँको पाएपछि भने उनीहरुले काठ छाडेर फाग्न सफल भएको बुझिएको छ । पछिल्लो समय बाँकेमा सन्तोष सिंह राठौरले प्रहरीको कमान्ड सम्हालेपछि अबैध तस्करीमा कडाइ गरिएको छ ।
राठौरले अबैध तस्करी नियन्त्रणमा मातहतलाई कडा निर्देशन दिएका छ्न । जस्का कारण अबैध तस्करी नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको हो ।
Discussion about this post