बाँके माघ १७ गते
नेपालगन्ज उपमहानगरपालिकाबाट फैलिएको दादुरा बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि देखिएको छ ।योसंगै जिल्लाका ६ वटा पालिकामा दादुरा फैलिएको छ ।
बैजनाथ र जानकी गाउँपालिकामा मात्र देखिएको छैन ।आज राप्तिसोनारी गाउँपालिका वडा नं २ मा १५ महिनाको बालिकामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।जिल्लामा अब बिरामी भएकाको संख्या ३०१ पुगेको छ । दादुरा संक्रमित अधिकांश बालबालिका निको भएका छ्न् ।
पुष दोस्रो साता देखि सुरु भएको दादुराको महामारीबाट बाँकेमा एकजना बालकले ज्यान गुमाएका छन् ।महामारी प्रभावित पालिकाहरुमा दादुरा–रुबेला खोप अभियानलाई तीब्रता दिइएको छ । जस्का कारण दादुरा नियन्त्रणमा पनि आइरहेको छ ।
Discussion about this post