बाँके फागुन २२ गते ।
होलि पर्व आज पहाड र भोलि तराईमा मनाइदैछ। पहिले पहिले होलिमा जवर्जस्ती लोला हान्ने र रङ्ग अबिर दल्ने गरिन्थ्यो भने पछिल्ला केहि बर्षयता होली पर्वमा हुने विकृति हट्दै गएको छ ।
सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । होलि पर्वलाई असभ्य होइन सभ्य तरिकाले मनाउनु पर्छ भन्दै सोमबार पत्रकारहरुले एक आपसमा खुसी साट्दै होलि मनाएका छन् । संचारिका समुह बाँके शाखा र पत्रकारहरुको सयुक्त होलि मिलन तथा बनभोज कार्यक्रम उल्लासपुर्ण वातावरणमा आज सम्पन्न भएको छ।
संचारिका समूह बाँके शाखाकि कार्यबाहक अध्यक्ष सरला सुबेदीको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम सहित होलि मिलन भएको हो। पत्रकारहरुबिचको सूचना आदानप्रदान अनि मित्रता सधै सुमधुर रहोस भनेर नै होलि मिलन कार्यक्रम गरिएको हो ।
होलि मिलन तथा बनभोज कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य रुद्र सुवेदीले प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाउने गरिने र आज र भोलिको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ । यस्ता कार्यक्रमले साथिभाई आफन्त बिच भाईचारा बढ्ने र एक आपसमा आपसमा सद्भाव बढ्ने हुँदा बेला बेला यस्ता भेटघाटका कार्यक्रम गर्दा सम्बन्धमा मिठास आउने बताएका छन् ।
यस्तै कार्यक्रममा शुभकामना दिदै प्रेस चौतारीका अनुशासन आयोग सदस्य बिष्णु बेल्बासेले होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता रहँदै आएको बताउदै हामी पत्रकारहरु बिच नि कहिले काहीँ मनमुटाव हुने हुदा यस्तो कार्यक्रम गर्दा भाइचारा बढ्ने होलिको रङ्ग जस्तै सबैसङ्ग मिल्न सकिने बताउनु भएको छ । उहाँले सबै पत्रकारहरु एक भएर पत्रकारहरुका हक हितका लागि काम गर्न अनि एक आपसमा झगडा होइन मित्रता कायम राखेर अगाडि बढ्न आग्रह समेत गर्नुभएको छ।
यस्तै कार्यक्रममा संचारिका समुहकि लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज , प्रेस युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिङ केसि , प्रेस चौतारी बाँके उपाध्यक्ष बिनोद भट्टराई , पत्रकार महासङ बाँके कोषाध्यक्ष बिनोद पौडेल र प्रेस सेन्टर बाँके अध्यक्ष राजेश आचार्यले होलीको शुभकामना दिनु भएको थियो। कार्यक्रममा कोहलपुर र नेपालगन्जमा रहेर काम गर्ने पत्रकारहरुको उत्साहपुर्ण उपस्थिति रहेको थियो। एक आपसमा होलिको रङ्गसङ्ग रमाउदै नाच्दै गाउदै होलि मिलन गरिएको थियो ।
Discussion about this post