
मुगु गमगढी असोज २४ गते । आज देश भर झै मुगुमा पनि ६४ औ प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाईएको छ । दिवसको अवसरमा प्रहरी चौकि पिना लाई आवासको लागि जग्गा दान गर्ने दाता लाई सम्मान गरिएको छ । अवसरमा जग्गा दान गर्ने जग्गा दाता सम्मान समेत गरिएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ७ पिनाका बलराम शाहनी लाई सम्मान गरिएको हो ।
उहाले २०७३ साल जेठ १९ गते करिव २ सय ४४ वर्ग किलो मिटरको जग्गा दान गर्नु भएको हो । जिल्लामा शान्ति सुरक्षा , अमन चयन कायम होस् र दुर्घटना नघटोस् भनि जिल्ला लाई अपराध र अपराध मुक्त होस् भनि जग्गा दान गरिएको जग्गा दाता बलराम सहानीले बताउनु भएको छ । यता जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार जग्गा दान गर्ने जग्गा दाता लाई शुभकामना सँगै धन्यवाद पनि प्रकट गरेको छ । यसले गर्दा जिल्ला लाई शान्ति सुरक्षामा अझ मझवुद र वलियो बनाउने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहले बताउनु भएको छ । उहाका अनुसार नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न थालेको अभियानको उच्च प्रशंसा गर्दै उहाले समाजसँग सहकार्य गर्ने प्रहरीको अभियानले समृद्ध जिल्लाको पथमा र्डोयाउन मद्दत पुग्ने विश्वास आफूले लिएको डिएसपि शाहले बताउनु भएको छ ।
यस्तै उहाले समाजमा हाम्रो संस्कार असभ्य हुदैं गएको तर बाटोमा प्रहरीलाई गाली गर्ने व्यक्ती पनि आफूलाई सानो दुख पर्दा प्रहरीलाई नै सम्झने प्रचलन रहेको भन्दै प्रहरीलाई जुनसुकै अवस्थामा पनि विचलित नभई नागरिकले सहयोग गर्नुपर्ने बताउनु भएको । कुनै पनि घटना घट्ने बित्तिकै प्रहरीलाई अनुसन्धान गर्न नदिइ त्यो घटनालाई राजननीतिक रंग दिने अनि प्रहरीले गरेको अनुसन्धानमा सत्यता छैन भन्दै जनतालाई भ्रमित बनाउने समुहलाई संविधान र कानुन अनुसार कारबाही गर्न कुनै कसर बाँकी नराख्न समेत डिएसपि शाहले निर्देशन दिएका छन् ।
Discussion about this post