
कैलाली असोज २५ गते । चार दिन अघि एक समुहको आक्रमण बाट घाइते कैलालीको लम्की चुहा नगरपालिका १ थपालिपुरका बखत भण्डारीको उपचारको क्रममा लखनउमा मृत्यु भएको छ ।
१३ बर्षका भण्डारी लाई थपालिपुरमा एक समुहले असोज २० गते ढुंगाले आक्रमण गरेको थियो ।
ढुङ्गा प्रहार बाट भण्डारीको निधारमा चोट लागेको थियो ।
गम्भीर घाइते भण्डारीको भारतको लखनउमा उपचार भैरहेको थियो ।
आक्रमणमा सहभागी मध्यका बृहस्पति शाही र जीवन रावललाई प्रहरीले पक्राउ गरि सकेको छ ।
इलाका प्रहरी कार्यालयमा ६ जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत निवेदन परेको प्रहरीले जनाएको छ
सोही निवेदनका आधारमा प्रहरीले अन्य ४ जना लाई पक्राउ गर्ने तयारी गरेको छ ।
आक्रमणमा लम्की चुहा नगरपालिका १ का वडा अध्यक्ष जनक बमका छोरा नवराज बमको पनि संलग्नता रहेको बुझियको छ । तर यसको आधिकारिक जानकारी प्रहरीले पक्राउ गरे पछि मात्र दिने बताएको छ ।
अनुसन्धानमा समस्या हुने भन्दै इलाका प्रहरी कार्यालय लम्कीले अन्यको नाम दिन इन्कार गरेको छ ।
मृतकको सब भेरी अस्पताल नेपालगन्जमा राखियको प्रहरीले जनाएको छ ।









Discussion about this post