बाँके असार १२ गते ।
सरकारले बकर ईदको अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको हो ।
ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।
हिजरी संवत अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ ।
Discussion about this post