खोजखबर संवाददाता
बाँके असार १३ गते ।
आज नेपालगन्जमा रास्ट्रिय सहकारी बैंक र संघ संस्था विच अन्तरक्रिया तथा पुरस्कृत सहकारी संघ संस्थालाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा रास्ट्रिय सहकारी बैंकका अध्यक्ष के पि उप्रेतीले रास्ट्रिय सहकारी बैंकको पछिल्लो वित्तीय अवस्थाका बारेमा जानकारी गराएका थिए ।
रास्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय कोहलपुर बाँकेको आयोजनामा भएको उक्त कार्यक्रम रास्ट्रिय सहकारी बैंकका सन्चालक विजया धितालको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।
नेपाल सकारका भुमि व्यबस्था तथा सहकारी मन्त्री आरति पौडेलको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा सहकारीकर्मि, तथा पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
Discussion about this post