बाँके असार २७ गते ।
बाँके प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ निवासी वर्ष ३४ को सद्दन बेहनालाई पक्राउ गरेको एसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।
बेहनालाई बाँके जिल्ला अदालतको मिति २०७७।०९।२४ गतेको फैसलाले दोषी ठहर गरेको थियो । आत्महत्या दुरुत्साहन मुद्दामा ९ महिना २४ दिन कैद र रु. १० हजार जरिवाना तोकिएको थियो ।
त्यसपछि उनी फरार थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आज पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाएको छ ।
Discussion about this post