बाँके असार २८ गते ।
बाँकेमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत रुपैडिया बस्ने वर्ष १९ का जुनेद राई र वर्ष १९ कै सलमान अलि रहेका छन् ।
उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह गाउँबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । भारतबाट नेपाल आउँदै गरेका उनीहरुको गतिविधि शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय बाके र लागु औषध नियन्त्रण व्यूरोको टोलिले युपि ३२ एमपी ६१८९ नम्वरको मोटरसाइकल खानतलासी गरेको थियो ।
त्यसक्रममा जुनेद राइले लगाएको पाइन्टको बाया खल्तीमा लुकाइ ल्याइएको ४३ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Discussion about this post