ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेको भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्दो

News Desk by News Desk
२:०७ मध्यान्ह, असार ३१, २०८०
बाँकेको भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्दो
385
सेयर
378
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके असार ३१ गते ।
वर्षायाम लागेसँगै विशेष गरी तराई क्षेत्रमा सर्पदंशका बिरामी बढ्दै गएका छन् । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा पनि सर्पले टोकेका बिरामीको चाप बढ्दै गएको छ। अस्पतालमा दैनिक १० देखि २०जनासम्म सर्पदशका बिरामी भर्ना भइरहेका हुन् ।

भेरी अस्पताल नेपालगन्जमा आएका सर्पदंशका बिरामीहरू मध्ये ८० देखि ९० प्रतिशत विष रहित सर्पले टोकेको बिरामी आउने गरेको अस्पतालले जनाएको छ । यो वर्ष वैशाखदेखि अहिलेसम्म १० जना गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आएको र जसमा २ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पातालले जानकारी दिएको छ।

हरेक वर्ष नेपालमा ३ देखी ४ हजारको सङ्ख्यामा सर्पको टोकाई बाट मृत्यु हुने गरेको छ । भेरी अस्पतालमा मात्रै गएको वर्ष ३ सय ८० जना सर्पदंशका बिरामी उपचारको लागि आएका थिए । जसमा ८० जनालाई विषालु सर्पले टोकेको र अस्पताल ल्याएका मध्ये ५ जनाको ज्यान गएको अस्पातालले जानकारी दियो ।

समयैमै उपचार गर्न चिकित्सको सुझाब

प्युठान नगरपालिकाकी १४ वर्षिया बालिका करुणा बस्नेत र उहाँको भाइ करण बस्नेतलाई असार २५ गते सर्पले टोकेको थियो । सर्पले आफु र भाइलाई टोकेपछि निकै डर लागेको उहाँले बताउनु भयो । भाइ कर्ण अस्पतालको आइसु कक्षको बेडमै भएपनी करुणालाई भने निको भइसकेको छ।

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

करुणाले सर्पले टोक्ने बित्तिकै आफूलाई पेट दुखेको र हात झमझम गर्न थाले पछि आफूलाई केही थाहा नभएको बताउनु भयो ।

करुणाको आमाबुवा बोल्न नसक्ने र घरको अवस्था पनि निकै नाजुक भएकोले उहाँको काकी सिता बस्नेतले उपचारका लागि प्युठान स्वास्थ्य संस्थामा लानुभएको थियो । प्युठानमा उपचार सम्भव नभए पछि दुवै जनालाई स्वास्थ्यकर्मीको सहयोगमा भेरी अस्पताल नेपालगन्जमा ल्याएर उपचार गराईरहको थियो ।

यस्तै असार २६ गते बिहान आफ्नो बारीमा घाँस काट्दै गर्दा दाङका जालुराम चौधरीलाई हातको औलामा हरियो सर्पले टोक्यो टोकेको केही समयमा हात सुन्निन थाले पछि थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज हस्पिटलमा आएको उहाँले बताउनु भयो।

ADVERTISEMENT

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ कि १२ वर्षिया मनीषा हरिजननलाई असार २२ गते खेतमा घाँस काट्दै गर्दा सर्पले टोकेको थियो । सर्पले टोकेपछि हात दुखेको अनुभव सुनाउनु हुन्छ मनीषा ।

सर्पको टोकाई पछि मनीषाको हातमा फोकाहरू निस्किएका थिए । फोकाहरू हातभरि फैलिन लागेपछि भेरी अस्पतालमा उपचारका लागि ल्याइएको उहाँको बुवाले बताउनुभयो । मनिषा उपचार पछि निको भएकोले घरमा लैजाने तयारी गरेको मनीषाको बुवाले बताउनु भयो ।

सर्पले टोक्ने बित्तिकै नजिकैको सुविधा सम्पन्न सर्पदंशको उपचार केन्द्रमा लैजान भेरी अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट तथा सर्प दंशका फोकल पर्सन डा कृष्ण प्रसाद आचार्यले आग्रह गर्नु भयो ।

यसको न्युनिकारणको लागि सरकारले आम मानिसमा जनचेतनाको लागि पहल गर्न पर्ने र प्रत्येक जिल्लामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउनु पर्ने आवश्यकता भएको उहाँको भनाई छ ।

सर्पले डसेर अन्तिम अवस्थामा पुगेका बिरामी भेरी अस्पतालमा आएपछि नयाँ जीवन पाएका धेरै घटना रहेको उहाँले बताउनुभयो । डा‍. आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पु¥याए बिरामीको ज्यान जोगिने बताउनु भयो।

भेरी अस्पतालका चिकित्सक आचार्यले कसैलाई सर्पले टोकेको थाँह पाउने बित्तिकै आफू स्वयम नै बिरामीलाई रिक्स्यु गर्न निस्कने गरेको बताउनुभयो । प्युठानका करुणा र करण बस्नेतलाई पनि उपचार गर्न उहाँ आफै बाटोमै पुग्नु भएको थियो।

सर्पको टोकाईबाट बाँच्नको लागि घरवरपर सरसफाई राख्ने र सुत्दा खेरी झुल टाँगेर सुत्न उहाँले आग्रह गर्नु भयो ।

अहिले विभिन्न जिल्लाका गाउँ ठाउँबाट दर्जनौँ व्यक्ति उपचारका लागि आउँछन् । तराई क्षेत्रमा देखापर्ने विषरहित सर्पमा ढोरिया, हरहरा लगायतका सर्पहरू रहेका छन् । विषालुमा सबैभन्दा बढी व्यक्तिलाई टोक्ने करेट र गोमन सर्प सबैतिर सजिलै भेटिने गरेका छन् । गर्मी र वर्षाको मौसममा सर्पको टोकाइको जोखिम धेरै हुने भएकाले घर वरिपरिको सरसफाइमा ध्यान दिन डाक्टर आचार्यले आग्रह गर्नु भएको छ।

त्यसैगरी राति अँध्यारोमा हिँड्दा टर्च लाइट लिएर निस्कनुपर्ने, दाउरा घाँस गर्दा पूरा बाहुलाको कपडा लगाउने र गमबुट लगाउने गर्नाले सर्पदंशबाट बच्न सकिने उहाँको भनाई छ ।

सर्पले टोकेमा गाउँ टोलकै धामी, झाँक्री, गुरुबा वा अरू परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने अस्पतालमा पु¥याउनु पर्ने उहाँको सल्लाह छ। ।

Share158Tweet95SendShare
Previous Post

आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो

Next Post

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
Next Post
झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

भंगहाबाट गुड्न थाल्यो जयनगरका लागि रेल

भंगहाबाट गुड्न थाल्यो जयनगरका लागि रेल

बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग

बाँकेमा पहिलो पटक ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम प्रणाली लागु हुँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Partly Cloudy
7:00 am5:25 pm +0545
Feels like: 14°C
Wind: 3km/h NE
Humidity: 91%
Pressure: 1017.27mbar
UV index: 0
MonTueWed
24/9°C
23/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?