काठमाडौँ असार ३१ गते ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामको सी प्लस हिरासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो ५५ वर्षीया अभया विश्वकर्मालाई पक्राउ गरेको हो। विमानस्थलमा चेकिङ गर्दा ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामको सी प्लस हिरा भेटिएको थियो ।
उनी काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी थिइन्। उनले भन्सार छलेर झोलामा हालेर सुन र हिरा लैजान लागेकी थिइन्।यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Discussion about this post