ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

व्यावसायिक पशुपालनमा युवाको आकर्षण

News Desk by News Desk
१०:०१ बिहान, साउन १, २०८०
व्यावसायिक पशुपालनमा युवाको आकर्षण
371
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके साउन १ गते ।
बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५ लिटर जति दूधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ । यो क्रम विगत पाँच वर्षदेखि उनको घरमा चल्दै आएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१३ खडकवारका शशीराम १० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक रुपमा पशु व्यवसायी बनेका छन्। गुर्वाकोटी पशुपालन फार्म र अमृत पशुपालन फार्म गरी दुई फार्म दर्ता गराएर पशु व्यवसायी बनेका उनलाई हिजोआज भ्याइनभ्याइ छ । बाउबाजेले गर्दै आएको कामलाई व्यावसायिक रुपमा नै गर्न सुरु गरेका शशीरामको फार्ममा अहिले ‘होलस्टेनक्रस’ प्रजातिका सात गाई छन् । सुरुमा दुई गाईबाट व्यवसाय गरेका शशीरामले दूधबाट फाइदा हुन थालेपछि गाईको सङ्ख्या बढाएको बताए । “व्यवसाय सानैबाट गर्नुपर्छ भन्ने जानेर सुरुमा दुई गाई पालेँ । त्यसबाट चित्त बुझ्दो भएपछि पाँच वटा गाई थपेको हुँ,” उनले भने ।

अरु व्यवसाय गर्नलाई पढाइलेखाइ कम भएकै कारण पशु पालन सानैबाट गर्दै आएकाले यही पेशालाई अंगालेको उनले बताए । गाईलाई दानापानीमै मासिक ५० हजारको हाराहारीमा खर्च लाग्ने भएकाले आम्दानी ९० हजार भए पनि नाफा भने जम्मा ३० देखि ४० हजारसम्म हुने उनको भनाइ छ । सोँचेजस्तो मनग्य फाइदा नहुँदा पनि यही पेसा नै गर्न मन लाग्ने उनले बताए । “हामीले उत्पादन गरेको दूधको खरिद मूल्य जम्मा रु ६४ हुने अनि बजार भाउअनुसार उपभोक्ताले बिक्री गर्ने मूल्य सय देखि एकसय २० सम्म हुँदा पनि गर्न मन लाग्नुभनेको एक प्रकारको बाध्यता पनि हो,” उनले भने, “पढाइलेखाइ धेरै र हातमा अरु नै सीप भएको भए खासै चित्त नबुझ्दो नाफा हुँदा पनि चित्त बुझाएर बस्दिनथेँ ।”

शशीरामले झैँ दूध बेचेरै घरखर्च चलाउँदै आउनुभएको छ राम सुहवन यादवले पनि । उनले पनि पुर्खाले पाल्दै आएको पशु पानलाई व्यावसायिकरुपमा अघि बढाउन ‘यादव भैँसीपालन फार्म’ दर्ता गराएका छन्। रु २० लाख खर्च गरेर बनाएको राम सुहवनले उक्त फार्ममा हिजोआज एक सय ३० वटा भैँसी पालेका छन् । उनको फार्ममा तीमध्ये हिजोआजको यो समयमा ३५ वटा भैँसीले दूध दिन्छन् भने बाँकी भैँसी ब्याउने चरणमा छन् ।

सम्बन्धित समाचार

खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

बाँकेका तीन ठाउँमा दैनिक १२ लिटरको हाराहारीमा राम सुहवनले दूध सङ्कलनका लागि पठाउने गर्छन् । त्यसरी दूध सङ्कलन गर्ने दूध डेरीअन्तर्गत साइबाबा दूध डेरी, एस के दूध डेरी र डिडिसी दूध डेरी छन् । खर्च र आम्दानी ठ्याक्कै भन्न नसकेका राम सुहवनले मासिक नाफा भने रु ५० देखि ६० हजारसम्म हुने गरेको बताए । सरकारले ल्याएको पशु बीमा अन्तर्गत उनले पनि बीमा गराएको बताए तर पशु मृत्युपछि भने बीमाको रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो भएको हुनाले गत वर्षदेखि बीमा गर्न छाडेको उनले बताए ।

“बीमा गराउनुभन्दा बीमा रकम पाउने प्रक्रिया नै निकै झन्झटिलो रहेछ,” उनले भने, “हामी किसानलाई दिनभरि बीमा रकमको लागि दिनैभरि अफिसमा बस्ने कहाँ फुर्सद ? हामीले त गत वर्षदेखि नै बीमा गराउन छाडेका छौँ ।”

शशीराम र राम सुहवनजस्तै व्यावसायिक पशुपालन गरेर विगत सात वर्षदेखि दूध बेच्दै आउनुभएको छ बर्दियाका गोविन्द उपाध्यले पनि । पन्ध्र वटा गाईबाट व्यवसाय गर्न सुरु गरेका उनले अहिले ४४ गाईको रेखदेख गर्दै आई रहेका छन् ।

ADVERTISEMENT

विसं २०७३ मा एकता पशुपालन फार्म दर्ता गराएर उनले व्यावसायिक रुपमा नै पशुपालन गर्दै आएका हुन् । निर्जीवन बीमा कम्पनीमा कार्यरत ४४ वर्षीय उनले कृषिमा पनि केही गर्न सकिन्छ र युवाले नै कृषि पेसालाई अँगालेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले आफूले गाईपालन गर्न सुरु गरेको बताए ।

जर्सी र होलस्ट्रेनक्रस प्रजातिका गाईबाट उनले प्रत्येक दिन २३० देखि २३५ लिटरसम्मको दूध उत्पादन गर्छन् । किसानबाट उपभोक्तासम्म रु ३० देखि ४० को फरक पर्दा पनि भोलिका दिनमा दररेट बढ्ने आशामा आफूले फार्म सञ्चालन गरेको उनको भनाइ छ । आफ्नै जग्गामा फार्म सञ्चालन गर्दै आउनुभएका गोविन्दको मासिक खर्च रु तीन लाखको हाराहारीमा हुन्छ भने आम्दानी रु तीन लाख ७० हजार हुने गर्दछ । दूधबाट उहाँलाई पनि सरदरमा मासिक रु ४०÷४५ हजारको नाफा हुने गर्दछ ।

पाँच कामदार राखेर फार्म सञ्चालन गर्दै आएका गोविन्दले पशुपालन किसानको मर्कालाई बुझेर उत्पादनमा अनुदानको व्यवस्थालाई कार्यान्वयनमा ल्याई दिन सरकारलाई आग्रह गरे ।

किसानद्वारा उत्पादित दूधलाई सङ्कलन गरेर आत्मनिर्भर बनाउनमा निकै ठूलो सहयोग गरेको छ ‘एस के डेरी इन्डस्ट्रिज प्राइभेट लिमिटेड’ बाँकेले । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ को पुरैनीमा रहेको उक्त दूध डेरीमा बाँके र बर्दियाका गरी पाँच हजार किसानले दूध सङ्कलन गर्ने गर्छन् । प्रालिका प्रोडक्सन इञ्चार्ज सन्तोष पौडेलका अनुसार विसं २०७६ देखि उक्त उद्योगले किसानका दूधलाई सङ्कलन गर्दै आएको छ ।

सो प्रालिमा ३२ जना कर्मचारी कार्यरत छन् । उनका अनुसार किसानबाट सङ्कलित दूधलाई चिसो बनाएर प्रयोगशालामा परीक्षण गर्दै परामिटरले परीक्षण गरेर दूधको ‘फ्याट’ निकाल्ने गरिन्छ ।

फ्याटबाट निकालिएको दूधलाई ४५ डिग्रीमा राखिएपछि उक्त दूधबाट आइसक्रिम, केक, पनिरलगायत अन्य दूधबाट बनिने सबै परिकार बनाएर बजारमा पठाइने उनले बताए । “हामीले किसानबाट सङ्कलन गरेका दूधलाई ४५ डिग्रीको चिसो तापक्रममा राखेर दूधका विभिन्न परिकार बनाएर बजारमा पठाउँछौँ,” उनले भने, “हामीकहाँ राम्रो भोल्टेजका कारण प्याकिङ गरेर राखिएका सामान बिग्रने सम्भावना हुँदैन । हामीले गुणस्तरलाई बढी ध्यान दिएका छौँ ।”

प्रालिक उत्पादन प्रमुख पौडेलका अनुसार प्रत्येक दिन किसानबाट एक हजार पाँच सय लिटर दूध सङ्कलन गरेर पाँच सय लिटर पनिर, एक हजार लिटर दही, दुई सय लिटर दूधको आइसक्रिम बनाइन्छ ।

यसरी बनाइएका दूधका परिकार बाँकेमा मात्र नभई बर्दिया, दाङ, सुर्खेत, जुम्लादेखि काठमाडौँसम्म जाने गर्छ । साढे पाँच कट्ठाको क्षेत्रफलमा निर्मित उक्त दूध डेरी बनाउनका लागि सबै मेसिन भारत र चीनबाट ल्याइएको उनले बताए । अनुदान बिना तीनजना युवाले मिलेर रु आठ करोडको लगानीमा अत्याधुनिक प्रविधिमा उक्त उद्योग सञ्चालन गरिएको हो । रासस

Share149Tweet93SendShare
Previous Post

‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’

Next Post

नेपालगन्जमा आजदेखि नि:शुल्क एम्बुलेन्स सेवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद
कृषि

खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद

१०:१२ मध्यान्ह, मंसिर २७, २०८२
ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
Next Post
नेपालगन्जमा आजदेखि नि:शुल्क एम्बुलेन्स सेवा

नेपालगन्जमा आजदेखि नि:शुल्क एम्बुलेन्स सेवा

आन्तरिक उडानको हवाई भाडा बढ्ने

आन्तरिक उडानको हवाई भाडा बढ्ने

एमाले नेता विजयबहादुर यादव पक्राउ

एमाले नेता विजयबहादुर यादव पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Clear
6:59 am5:25 pm +0545
Feels like: 18°C
Wind: 6km/h W
Humidity: 69%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?