कैलाली असोज २७ गते । श्रीमानको कुटाईबाट कैलालीमा श्रीमतीको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–१ भरुवाका धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
श्रीमानको कुटाईबाट अचेत भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । उपचारपछि घर फर्किएकी थापालाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा आइतवार राति करीब ७ बजे मृत्यु भएको थियो । जानकीको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरी ले उनका श्रीमान् धिरेन्द्रलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसँग श्रीमतीलाई भेटेपछि कुटपिट गरेका थिए । उनकी श्रीमतीसँग भेटिएका पुरुषलाई प्रहरीले तारेकमा छाडेको छ भने धिरेन्द्रलाई कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता हुने प्रहरी ले जनाएको छ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post