खड्क सुनार असोज २७ गते । नेपालीहरुको महान पर्व वडा दशै तथा शुभदिपावली नजिए सँगै यति बेला मुगु सदरमुकाम दिन प्रतिदिन दुर्गन्धीत बन्दै गएको छ । बजार क्षेत्र वरीपरी र बिच बजारमा जथाभावि विभिन्न प्रकारका फोहोरहरु फालिएका कारण बजार क्षेत्र दुर्गन्धीत बन्दै गएको हो । जिल्लामा फोहोर व्यवस्थापनका लागी बिभिन्न प्रयास भएको भएपनी सोचेजत्तिको फोहोर व्यवस्थापन हुने नसकेको हो ।
सदरमुकाममा व्यापारि तथा स्थानिय बासिन्दाहरुले बारम्बार अटेर गरी जथाभावि बजारमा फोहोर फाल्ने समेत गरेका छन् । बजारमा अझै पनि जताततै खुल्ला रुपमा दिसापिसाब गर्नु, बजारमा सामान किन बेच हुदा प्लास्टीकको प्रयोग गरिनु, घर, होटल तथा शौचालयको उचित ढल निकास नहुनु लगाएतका समस्याका कारण बजारमा फोहोर बढ्दै गएको छ । र क्षेत्रमा सरसफाइमा ध्यान दिने प्रतिबद्धता जिल्लाका राजनीतिक दल तथा सरोकारवालाहरुले बारम्बार जनाउने गरेको भएपनी कार्यान्वयन हुन सकेको छैन । उचित डम्पीङ साइडको ब्यवस्थापन नहुँदा समस्या भएको सरोकारवालाहरुको भनाई रहेको छ ।
Discussion about this post