काठमाडौं साउन १७ गते ।
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ।
बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।
‘पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको थियो। तर पदाधिकारीभन्दा ठूलो स्थायी समिति बैठकले लाइभ गर्न हुँदैन भन्ने निर्णय गर्यो,’ महराले भने।
केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू हुँदैछ।
केन्द्रीय समितिमा सुरूमै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाही, पार्टीको स्थिति र अब के गर्ने भन्नेजस्ता विषयमा प्रतिवेदन पेश गर्ने छन्।
Discussion about this post