बाँके साउन २३ गते ।
नापतौल यन्त्र दर्ता तथा नवीकरण सम्बन्धी शिविर सोमबार देखि कोहलपुरमा सुरु भएको छ। कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जको समन्वयमा उक्त शिविरको सुरु भएको हो ।
सिविर साउन २८ गतेसम्म सञ्चालनमा हुने आयोजकले जनाएको छ ।कोहलपुरमा हाल दुई हजार पाँच सय जना व्यवसायी छन् ।
व्यवसायीहरूले गुणस्तर नापतोलको दर्ता तथा नवीकरण गर्न नेपालगन्ज जानु पर्ने बाध्यतालाई मध्यनजर गरी नापतोल तथा क्षेत्रीय गुणस्तर कार्यालयसँग समन्वय गरी सिविर सञ्चालन गरिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पोडेलले जानकारी गराउनु भएको छ।
यो शिविरले यहाँका व्यवसायीलाई सहयोग पुयाउने उहाँको भनाई रहेको छ।
“यसमा यहाँका व्यवसायीको उल्लेख्य सहभागिता हुने अपेक्षा छ ।’ व्यवसायीहरूको हकहितका लागि उद्योग वाणिज्य संघ सधैभरि लागि पर्ने अध्यक्ष पोडेलले बताउनु भयो। नापतौल यन्त्र दर्ताका लागि पटकपटक नेपालगन्ज धाउन पर्ने बाध्यतालाई मध्यनजर गरी यो शिविरले सहज हुने उहाँको भनाइ छ ।
Discussion about this post