काठमाडौं साउन ३१ गते ।
‘ए’ डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज इन्डियन सुपर लिग ९आईएसएल० क्लब मोहन बगानसँग खेल्दैछ ।
खेल कोलकताको साल्टलेक स्टेडियममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई पराजित गरेको मछिन्द्रले मोहन बगानलाई हराउन सकेमा प्लेअफमा पुग्ने छ । यो खेल जित्ने टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगल मध्ये एक टोलीसँग प्ले अफ खेल्ने छ ।
दक्षिण एसियाली क्षेत्रको प्लेअफ जित्ने एक टोली एएफसी कपको समूह चरणमा पुग्नेछ । समूह चरणका खेलमा हरेक टोलीले ‘होम एण्ड अवे’ को आधारमा खेल्नेछ ।
Discussion about this post