बाँके भदौ ४ गते ।
प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेश कार्यसमितिको बैठक बुटवलमा सम्पन्न भएको छ ।
तदर्थ कमिटीका अध्यक्ष निरञ्जन पोख्रेलको अध्यक्षता तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रीका स्वास्थ्य सल्लाहकार हरिबहादुर पुनको प्रमुख आतिथ्यता र स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा लुम्बिनी प्रदेशका जनस्वास्थ्यकर्मीहरुका समस्या, स्थानीय तहमा जनस्वास्थ्य अधिकृतहरुको लोकसेवाद्वारा बिज्ञापन, गैरसरकारी र सरकारी संस्थाहरुमा जनस्वास्थ्यकर्मीहरुको अत्याधिक रोजगारको ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको संघका सचिव नरेश श्रेष्ठले बताउनुभयो ।
Discussion about this post