बाँके भदौ ४ गते ।
काठ चोरी मुद्दाको फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वार्ड नं.१ बस्ने वर्ष ३० का अशोक भन्ने सिमेस कुमार पौडेललाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेको २०७० साल असार १८ गतेको फैसलाले पौडेललाई काठ चोरी मुद्दामा १ महिना कैद सजाय तोकेको थियो ।त्यसपछि पौडेल हालसम्म फरार थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज पौडेललाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
Discussion about this post