काठमाडौं भदौ ११ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बैठक सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालले जनाएको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री, मुख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरु, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापतिलगायतको उपस्थिति रहेको छ ।
बैठकको सुरुवातमा अहिले योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले प्रस्तुति राखिराख्नु भएको छ ।
Discussion about this post